नियम ३३
बढुवा समिति
(१) नेपाली सेनाको देहायका पदमा गरिने बढुवाका लागि सिफारिस गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछः–
(क) रथी पदका लागि,–
(१) प्रधान सेनापति –अध्यक्ष
(२) वरिष्ठतम् रथी –सदस्य
तर रथी पद रिक्त भएको अवस्थामा प्रधान सेनापतिले मात्र यस्तो सिफारिस गर्न बाधा पर्ने छैन ।
(ख) उपरथी पदका लागि,–
(१) रथी –अध्यक्ष
(२) विभागीय प्रमुखहरू –सदस्य
(३) प्रधान सेनापतिबाट तोकिएको उपरथी एक जना –सदस्य
(४) कमाण्डमा रहेको उपरथी एक जना –सदस्य
(५) कार्यरथी –सदस्य–सचिव
(ग) प्रमुख सेनानी देखि सहायक रथी पदका लागि,-
(१) रथी अध्यक्ष
(२) निरीक्षणाधिकृत -्सदस्य
(३) कार्यरथी “सदस्य
(४) युद्धकार्य महानिर्देशक -्सदस्य
(५) सैनिक तालिम तथा डक्ट्नि महानिर्देशक -सदस्य
(६) सैनिक ईण्टेलिजेन्स महानिर्देशक - सदस्य
(७) व्यबस्था, नीति तया योजना महानिर्देशक - सदस्य
(८) कमाण्डमा रहेका उपरथीहरुमध्ये प्रधान सेनापतिले तोकेका उपरथी तीनजना -सदस्य
(9) सैनिक सचिव -सदस्य-सचिव
(घ) सहायक सेनानीदेखि सेनानीसम्मको पदका लागि,-
(१) बरिष्ठतम उपरधी जअध्यक्ष
(२) तिरीक्षणाधिकृत -सदस्य
(३) कार्यरथी "सदस्य
(४) प्रधान सेतापतिले ताकेको कमाण्डमा
रहेको सहायक रथी -सदस्य
(5) प्रधान सेनापतिले तोकेको स्टाफमारहेको सहायक रथी सदस्य
(६) सैनिक सचिव -सदस्य-सचिव

(ङ) प्यूठ, अमल्दार, हुद्दा, जमदार, सुवेदार र प्रमुख सुवेदार पदका लागि,–
(१) पृतनाको हकमा पृतनापतिले तोकेको वरिष्ठ अधिकृत र अन्य युनिटको हकमा सम्बन्धित युनिट प्रमुखभन्दा पछिको ज्येष्ठ अधिकृत –अध्यक्ष
(२) पृतनाको हकमा पृतनापतिले र अन्य युनिटको हकमा सम्बन्धित युनिटको
प्रमुखले तोकेको अधिकृत वा पदिक दुई
जना –सदस्य
(३) भएसम्म बढुवा हुने दर्जाभन्दा एक तह माथिल्लो दर्जाको एक जना –सदस्य
(४) कार्य अधिकृत÷कार्य पदिक – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिमको बढुवा समितिको बैठक नियम ६ को उपनियम
(२) मा उल्लेखित समय ननाघ्ने गरी आवश्यकता अनुसार बस्नेछ ।
(३) महासेनानी देखि रथी पदसम्म बढुवा हुने उम्मेदवारको निमित्त प्रधान सेनापतिले बढुवा समितिको सिफारिस समेत संलग्न गरी आफ्नो सिफारिस सहित मन्त्रालयमा पठाउनु पर्नेछ । यस्तो सिफारिस पठाउँदा अनुसूची–७ बमोजिमको फाराम समेत भरी पठाउनुपर्नेछ ।
(४) बढुवा समितिका पदाधिकारीको नजिकको नातेदारको बढुवा सिफारिस गर्नु पर्ने भएमा निजको सट्टा समान तहको अर्को पदाधिकारीलाई बढुवा समितिमा राख्नु पर्नेछ । बढुवा समितिका पदाधिकारीहरूले अनुसूची–८ बमोजिमको कबुलियत गर्नुपर्नेछ ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि “नजिकको नातेदार” भन्नाले बाबु, आमा, सौतेनीआमा, पति, पत्नि, आफ्नै दाजु, भाउजू, भाइ, भाइबुहारी, छोरा, छोराबुहारी, वहिनी, वहिनीज्वाँइ, छोरी, छोरीज्वाँइ, नाति, नातिनी बुहारी, नातिनी, नातिनी ज्वाँइ, भान्जा, भान्जी, भान्जीबुहारी, भान्जी ज्वाँइ, भतिजा, भतिजी, भतिजाबुहारी, भतिजी ज्वाँइ, सासु, ससुरा, देवर, देउरानी, जेठाजु, जेठानी, जेठान, साला, साली समेतलाई जनाउनेछ ।
(५) बढुवाको लागि आवश्यक पर्ने विवरण सम्बन्धित बढुवा समितिको सदस्य– सचिवले बढुवा समिति समक्ष पेश गर्नु पर्नेछ ।
(५क) यस नियम बमोजिम बढुवाको लागि सिफारिस गर्दा नियम ७७ को उपनियम (३), (४) र (९) बमोजिम अवकाशको प्रयोजनको लागि कायम हुने जन्म मिति समेत खुलाई सिफारिस गर्नु पर्नेछ ।
(६) बढुवा समितिले बढुवाको सिफारिस गरेको सूचना अधिकृतको हकमा सैनिक सचिव विभाग र अन्यको हकमा सम्बन्धित युनिटको प्रमुखले आन्तरिक रुपमा प्रकाशित गर्नुपर्नेछ ।
(७) यस नियम बमोजिम सैनिक अधिकृतको कूनै पद रिक्त हुनुभन्दा कम्तिमा पन्ध दिन अगाबै बढुवा समितिले सो पद पूर्तिको लागि बढ्वा सिफारिसको सुचना प्रकाशन गर्न सक्नेछ ।